कतारका अमिरसँग आज द्विपक्षीय भेटवार्ता, आजै स्वदेश फर्किने

काठमाडौँ - नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज द्विपक्षीय वार्ता हुने भएको छ । 

दुई दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका उनले आज प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न लागेका हुन् । वार्तापछि दुवै द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् । 

कतारका अमिर आजै स्वदेश फर्कनेछन् ।  हिजो अमिरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेट गरेका थिए । यसैगरी राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा सोल्टी होटलमा राजकीय भोजको आयोजना गरेका थिए ।