रास्वपाले उपनिर्वाचन हुने ३ वटै क्षेत्रमा उम्मेदवारी दिने

 

 काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले १० वैशाखमा हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकले उपनिर्वाचन हुने चितवन(२, तनहुँ(१ र बारा(२ मा उम्मेदवारी दिने निर्णय गरेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।