प्रधानमन्त्रीले वैशाखको दोस्रो हप्ता भारत भ्रमण गर्नुहुन्छ : मन्त्री शर्मा

 

काठमाडौं - सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण वैशाख दोस्रो हप्तासम्म भइसक्ने बताएकी छिन् । 

बिहीबार भारतको दिल्लीमा आयोजित एक कार्यक्रमपछि नेपाली राजदूतावासमा प्रवासी नेपालीसँगको भेटवार्ताका क्रममा मन्त्री शर्माले प्रधानमन्त्री दाहालले पहिलो विदेश भ्रमण भारतबाट नै सुरु गर्ने र अप्रिल महिनासम्ममा भ्रमण भइसक्ने जानकारी आफूले भारत सरकारलाई दिएको बताइन् ।