काठमाडौंभरि सीसीटीभी जडान गर्न साढे १६ करोड विनियोजन

काठमाडौँ - काठमाडौं महानगरपालिकाले मुख्य–मुख्य सार्वजनिक स्थानमा सिसीटीभी जडान गर्ने तयारी गरेको छ । बिहीबार बसेको १३औं कार्यपालिका बैठकबाट महानगरभित्रका मुख्य–मुख्य सार्वजनिक स्थानमा सीसीटीभी जडान गर्नेसम्बन्धी प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।

चालु आर्थिक वर्ष २०७९र८० मा काठमाडौं महानगरपालिकाका ३२ वडामध्ये २५ वडाले ५४ थान सीसीटीभी जडानका लागि १० करोड ५९ लाख रुपैयाँ विनियोजन गरिसकेको छ भने महानगर आफैंले शहरी सञ्चार सुरक्षाका लागि भन्दै ६ करोड विनियोजन गरेको छ ।