ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कति छ आजको भाउ ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ । केही दिन अघिमात्रै नयाँ रेकर्ड राखेको सुनको मूल्य आज भने सामान्य घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार   छापावाला सुन आजका लागि भने एक लाख ५१ हजार चार सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।आज चाँदीको मूल्य एक हजार आठ सय १५ रुपैयाँले निर्धारण भएको छ ।