अपर तामाकोशी हाइड्रोपावरको आज एजीएम, के-के छन् एजेन्डा ?

काठमाडौँ - अपर तामाकोशी हाइड्रोपावरको आज बुधबार भदौ ६ गते वार्षिक साधारण सभा बस्दैछ।
सो सभा नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७८र७९ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ। आर्थिक वर्ष २०७९(८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ।

नेपाल धितोपत्र बोर्डले अपर तामाकोशीलाई १०० अर्थात् १ बराबर १ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद जारी गर्न अनुमति दिइसकेको छ। अब कम्पनीले छिट्टै हकप्रद बिक्री खुला गर्नेछ । हाल यस कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ।