रवि लामिछानेले सोधे– संसद किन र कसले बन्द गर्‍यो ?

काठमाण्डौँ - एक महिना सदन अवरोध भएको बारे रास्वपाका सभापति रावि लामिछानेले प्रश्न गरेका छन् । आजको संसद बैठकमा उनले भने, ‘यतिका दिनसम्म किन बन्द भयो ? कसले बन्द गर्‍यो ?’ 

सार्वजनिक महत्त्व, अर्थतन्त्र, निजामती र शिक्षा ऐनमा छलफल हुनुपर्नेमा नभएको उनले बताए । भुटानी शरणार्थी र ललितानिवासमा छानबिन भइरहेको बेला प्रहरी सरुवा गर्नुमा शंका रहेको उनले बताए ।