मौद्रिक नीति पारित

काठमाडौँ - आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति पारित भएको छ। आइतबार बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले चालू आर्थिक वर्षको मौद्रिक नीति पारित गरेको हो।

आइतबार अपरान्ह ३ बजे पत्रकार सम्मेलन गरेर राष्ट्र बैंकले पारित मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ।