शेयर बजार सामान्य अंकले घट्यो, कारोवार रकम कति ? 

काठमाण्डौँ - साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.२५ प्रतिशत अर्थात ५.३७ अंकले घटेर २०६२.९४ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१७ प्रतिशतले घटेर ३६४.४२ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा कम्पनीको ९५ लाख ६१ हजार ७२७ कित्ता सेयर ४ अर्ब ३७ करोड ४५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

 नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा समूहमा मात्रै हरियाली छायो भने अन्य सबै समूहमा रातो पोतियो । आज वित्त समूहमा चमक देखियो । यो समूह आज ५.४९ प्रतिशतले बढ्यो । साथै,व्यापार समूह ०.६६  र अन्य समूह ०.२५ प्रतिशतले बढे ।    

आज लघुवित्त समूहमा सबैभन्दा धेरै गिरावट देखियो । यो समूह आज १.२३  प्रतिशतले ओरालो लाग्यो । आज बैंकिङ समूह ०.४० प्रतिशत विकास बैंक ०.१०,हाईड्रो ०.०६,लगानी ०.६१,जीवन बीमा ०.५४ उत्पादत तथा प्रशोधन ०.४५,होटल १.१०,म्युचुअल फण्ड ०.२३ र निर्जीवन बीमा समूह ०.१२ प्रतिशतले घट्यो ।