घाटामा नुन कारोबार गर्दै साल्ट ट्रेडिङ

काठमाडौँ - साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सीईओ उर्मिला श्रेष्ठले कम्पनीले घाटा सहेर नुनको कारोबार गरिरहेको बताएकी छन् । 

आर्थिक अभियानसँगको कुराकानीमा उनले भनिन्, नुनको कारोबारमा धेरै घाटा छ । दुर्गममा त झन् बढी घाटा छ । नुनको घाटा कम्पनीले अन्य व्यवसायबाट परिपूर्ति गर्ने गरेको श्रेष्ठको भनाइ छ ।

साल्ट ट्रेडिङ नेपालमा सबैभन्दा पहिले खुलेको पब्लिक कम्पनी हो । देशभर आयोडिनयुक्त नुनको आपूर्ति साल्ट ट्रेडिङमार्फत भइरहेको छ । अहिले ६ महीनालाई पुग्ने नुन मौज्दात रहेको पनि श्रेष्ठले बताइन् । 

साल्ट ट्रेडिङले अनुदान र गैरअनुदानको मल पनि आयात गर्छ । नेपालमा वार्षिक ५ लाख मेट्रिक टन मल आवश्यक पर्छ । अहिले ६०र७० हजार मेट्रिक टन मात्रै मौग्दात छ । तर, सीईओ श्रेष्ठले सबै किसानले मल पाउने भन्दै ढुक्क हुन आग्रह गरिन् । सीईओ श्रेष्ठका अनुसार सरकारले विभिन्न जिल्लामा मलको कोटा छुट्टयाएको हुन्छ । त्यही अनुसार कर्पोरेशनले मल पुयाउँछ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।