एक सातामा सेयर बजार  १३ अंकले बढ्यो, २० अर्बको कारोबार

काठमाडौं - यो साता सेयर बजार परिसूचक नेप्सेमा १३ अंकको वृद्धि भएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन अर्थात् जेठ ३२ गते जुन, १५ मा २ हजार ४२ अंकमा रहेको नेप्से सूचक यो साता १३.४६ अंकले बढ्दै २ हजार ५५.५३ अंकको विन्दुमा उक्लिएको छ । 

उसो त यस साताको कारोबार रकममा समेत सुधार हुँदै २० अर्ब १४ करोड ७ लाख ७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।