एमाले सुनसरीको अध्यक्षमा निलम खनाल निर्वाचित

सुनसरी - नेकपा एमाले सुनसरीको अध्यक्षमा निलम खनाल निर्वाचित भएका छन् । 

आठौं जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनको बुधबार सम्पन्न मतगणना परिणामअनुसार प्रतिस्पर्धी खेमराज पोखरेललाई ९६ मतको अन्तरले पराजित गर्दै खनाल अध्यक्षमा निर्वाचित भएका हुन् । 

निर्वाचन समितिले जनाएअनुसार खनालले ३८३ मतसहित जित निकाल्दा प्रतिस्पर्धी पोखरेलले २८७ मत पाए । यसैगरी, उपाध्यक्षमा ३ मतको अन्तरले पर्शुराम यादव विजयी बने ।  यादवले ३३२ मतसहित जित निकाल्दा प्रतिस्पर्धी नन्द बस्नेतले ३२९ मत पाएका छन् ।