'नवीन समझदारी गरेर राजसंस्थाको पुनःस्थापना गरौँ' : राजेन्द्र लिङ्देन

 काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नयाँ समझदारी गरेर हिजोको अन्तर्राष्ट्रिय गौरव पुनर्स्थापित गर्न अभिभावकीय राजसंस्थाको पुनःस्थापना गर्न आग्रह गरेका छन् । 

अध्यक्ष लिङदेनले सामाजिक सञ्जालमार्फत आज नेपाल आउन लाग्नुभएका कतारका अमिर शेख तमीम विन हमद अल थानीलाई स्वागत गर्दै सरकारले उनलाई गर्ने सम्मान राजतन्त्रप्रतिको सम्मान भएको उल्लेख गरेका हुन् । 

लिङदेनले सरकारले अमिर थानीको सम्मानमा आज सार्बजनिक बिदा दिएको र उनलाई २१ तोपको सलामी दिने कार्यक्रम रहेको भन्दै यो राजसंस्थाप्रतिको अन्तर्राष्ट्रिय मर्यादा र सम्मान भएको बताएका छन् ।