यो साता उच्च आम्दानी गर्न सफल शीर्ष १० कम्पनीहरु : सातामै ४२ प्रतिशतसम्म कमाई !

काठमाण्डौँ - समग्रमा यो साता सेयर बजारमा गिरावट देखिएको छ । बजार घट्दा पनि लगानीकर्ताहरुले भने लघुवित्त , वित्त र विकास बैंकका लगानीकर्ता भने मालामाल भएका छन् । लगानीकर्ताले दोस्रो बजारमा एउटै कम्पनीबाट ४२.२२  प्रतिशतसम्म आम्दानी गरेका छन् ।  

यो साता धौलागिरी लघुवित्तका लगानीकर्ताहरुले ४२ प्रतिशतसम्म अम्दानी गरेका छन् । सर्वोत्तम सिमेन्टका लगानीकर्ताहरुले ३३ प्रतिशत , पिपुल्स पावरका लगानीकर्ताले २१.८० प्रतिशत , इन्फिनिटी लघुवित्तका लगानीकर्ताले १६.४५ प्रतिशत , गुँरास लघुवित्तका लगानीकर्ताले १६.४१ प्रतिशत , सप्तकोषि डेभलपमेन्ट बैंकका लगानीकर्ताले १६ प्रतिशत , स्वाभिमान लघुवित्तका लगानीकर्ताले १५ प्रतिशत , गोर्खाज फाइनान्सका लगानीकर्ताले १४ प्रतिशत , बुद्धभुमी नेपाल हाइड्रो पावरका लगानीकर्ताहरुले १३।५६ प्रतिशत , नाडेप लघुवित्तका लगानीकर्ताहरुले १२ प्रतिशत कमाएका छन् ।