एक प्रतिशतभन्दा बढी शेयर हुनेले अब बैंक बित्तिय संस्थाबाट कर्जा लिन नपाउने 

काठमाण्डौँ - मूल ऐनको दफा ५२ मा संसोधन गरि बैंक बित्तिय संस्थामा सम्बद्द व्यक्ति वा कुनै उल्लेख्य स्वामित्व भएको व्यक्तिले बैंक बित्तिय संस्थाबाट कारोबार तथा कुनै पनि काम गर्न नपाइने व्यवस्था गरिएको छ। 

मूल ऐनको दफा ५२ कै उपदफा संसोधन गरि सम्बद्द व्यक्ति भनेको बैंकका संचालक, सीइओ तथा उच्च पदस्त व्यक्तिहरु भनिएको छ भने ुउल्लेख्य स्वामित्वु भन्नाले बैंक बित्तिय संस्थामा एक प्रतिशत भन्दा बढी शेयर हुनेलाई भनिएको छ।। यो व्यवस्थाअनुसार कुनै पनि सम्बद व्यक्तिले उल्लेख्य स्वामित्व भएको अवस्थामा बैक वित्तीय संस्थाबाट कारोबार गर्न तथा ऋण लिन पाउनेछैन। 

प्रतिनिधि सभामा दर्ता भएको यो बिधेयक अहिलेकै अवस्थामा संसदको दुइवटै सभा प्रतिनिधी सभा र राष्ट्रिय सभा तथा सम्बन्धित समिति लेखा र अर्थबाट स्वीकृत भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएर  राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछ। प्रतिनिधि सभा तथा सम्बन्धित समितिमा आवश्यकता अनुसार दफावार छलफल हुनेछ।