जिबी राई जहाँ भएपनि समातेर ल्याउने गृहमन्त्री लामिछानेको प्रतिबद्धता 

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जिबी राई जहाँ भएपनि समातेर ल्याउने प्रतिबद्धता जनाएका छन् ।

शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

जिबी राईले गरेका हरेक कामसँग आफ्नो नाम जोडिएकोमा आपत्ति जनाउँदै उनले ग्यालेक्सी टिभीमा काम गरुन्जेल सम्बन्ध रहेपछि टिभी छोडेपछि सम्बन्ध सकिएको बताए ।

उनले सहकारीबाट पैसा लिएका व्यक्तिको ब्याज सहित फिर्ता नगरेसम्म आफूले राजनीतिबाट विश्राम नलिने दाबी गरे ।