अनावश्यक व्ययभार नपर्ने गरी होली मनाउन एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक व्ययभार नपर्ने गरी होली पर्व मनाउन आग्रह गरेका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित होली विशेष कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले होली मनाउँदा स्वास्थ्यमा ध्यान दिनुपर्नेमा जोड दिए । होलीले सभ्य, शान्तिपूर्ण, एकताबद्ध समाज निर्माणका निम्ति योगदान गर्न प्रेरणा मिल्ने उनले बताए ।

अध्यक्ष ओलीले विकृति नफैलने गरी होली पर्व मनाउनुपर्नेमा जोड दिए । उनले इच्छाविपरीत होली नखेल्न पनि आग्रह गरे । होली पुरानो पर्व भएको उनले उल्लेख गरे ।