राष्ट्रियस्तरका विकास बैंकको नाफा १०.९८ प्रतिशतले घट्याे, कुनको वित्तिय अवस्था कस्तो ? (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्तरका आठ विकास बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरणअनुसार यी आठ बैंकले कुल दुई अर्ब २५ करोड ४२ लाख रुपैंया नाफा आर्जन गरेका छन् । यो नाफा गत आवको दोस्रोे त्रैमासको तुलनामा १०.९८ प्रतिशत घटेको हो ।

गत आवको दोस्रो त्रैमाससम्ममा यी बैंकले कुल दुई अर्ब ५३ करोड २३ लाख रुपैंया भन्दा बढी नाफा कमाएका थिए। आठ बैंकमध्ये पुस मसान्तसम्म तीन बैंकको नाफा वृद्धि भएको छ भने बाँकी सबैको घटेको छ । ज्योति विकास बैंक, कामना सेवा विकास बैंक र गरिमा विकास बैंकको नाफा बढेको हो । यी तीन बैंकमध्ये प्रतिशतका आधारमा सर्वाधिक नाफा वृद्धि हुनेमा ज्योति विकास बैंक छ । गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा बैंकको नाफा १९० प्रतिशत वृद्धि भएको छ । गत आवमा बैंकले तीन करोड ४७ लाख नाफा कमाएकोमा चालू आवमा १० करोड १० लाख पुगेको हो ।

त्यस्तै अर्काे बढी नाफा कमाउने कामना सेवा विकास बैंक पनि सफल भएको छ । बैकको यस अवधिमा नाफा ३२.१८ प्रतिशतले बढेर २५ करोड ८९ लाख रुपैयाँ पुगेको छ । साथै, तेस्रोमा गरिमा विकास बैंकको नाफा २.०७ प्रतिशतले बढेर ५१ करोड २५ लाख रुपैंया भन्दा बढी पुगेको छ ।

त्यसैगरी यस अवधिमा शाइन रेसुंगा डेभलपमेन्ट बैंकको मुनाफा १३.६१ प्रतिशतले घटेर २७ करोड १२ लाख सात हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ४२ करोड ६९ लाख ७८ हजार रुपैयाँ रहेको थियो ।