नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर, अधिकतम रुपैयाँ कति ? 

 काठमाण्डौँ - नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ । कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम ५० रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस निर्धारण गरेको छ ।  

कम्पनीले सावधिक तथा सामूहिक जीवन बीमालेख सुरक्षित जीवन, जीवन ज्योति, ग्रामीण सावधिक, सावधिक लघु केटाकेटी, सूनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा , जीवन लक्ष्मी,अनमोल जीवन,जीवन उदय एकल अन्तर्गत १० वर्षे अवधिसम्मका लागि ६० रुपैयाँ, ११ देखि १५ वर्ष अवधिसम्मका लागि ६० रुपैयाँ,१६ देखि २० वर्षका लागि ६० रुपैयाँ २१ देखि २५ वर्षका लागि ७० रुपैयाँ, २६ देखि ३० वर्ष अवधिका लागि ८२ रुपैयाँ र ३० भन्दा माथि अवधिका लागि पनि ८२ रुपैयाँ बोनस दर कायम गरेको छ ।  

यस्तै अग्रिम भुक्तानी सावधिक बीमालेख धनवर्षा १५ वर्ष, धन वर्षा २० वर्ष नौलो धन वर्षा, जीवन उन्नती, जीवन शान्ती, छोराछोरी र सदावहार जीवन अन्तर्गतका सबै बीमा अवधिका लागि ५० रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।  

कम्पनीले अग्रिम भुक्तानी जीवन सम्वृद्धि बीमालेख अन्तर्गत १५ वर्षे अवधिका लागि ५० रुपैयाँ र २० वर्षे अवधिका लागि ५० रुपैयाँ बोनस दर कायम गरेको छ । सावधिक तथा आजीवन जीवन सहारा बीमालेख अन्तर्गत १० वर्षे अवधि सम्मका लागि ६० रुपैयाँ ११ देखि १५ वर्ष अवधिका लागि ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिका लागि ६० रुपैयाँ, २१ देखि २५ वर्ष अवधिका लागि ७० रुपैयाँ र २६ देखि ३० वर्षे अवधिका लागि ८२ र ३० भन्दा माथि अवधिका लागि पनि ८२ रुपैयाँ बोनस दर कायम गरेको छ ।  

यस्तै सावधिक जीवन बीमालेख९जीवन सम्मुन्नत० अन्तर्गतको १० वर्षे अवधिका लागि ५६ रुपैयाँ,११ देखि १५ वर्ष अवधिका लागि ५६ रुपैयाँ,१६ देखि २० वर्ष अवधिका लागि ५६ रुपैयाँ,२१ देखि २५ ६० रुपैयाँ, २६ देखि ३० वर्षका लागि ७० रुपैयाँ र ३० भन्दा माथि पनि ७० रुपैयाँ बोनस तोकेको छ ।  

अन्य जीवन बीमालेख९जीवन सारथी० अन्तर्गतको १० वर्षे अवधिका लागि ६२ रुपैयाँ,११ देखि १५ वर्ष अवधिका लागि ६२ रुपैयाँ,१६ देखि २० वर्ष अवधिका लागि ६२ रुपैयाँ, २१ देखि २५ वर्षका लागि ७२ रुपैयाँ,२६ देखि ३० वर्षका लागि ८५ रुपैयाँ र ३० वर्षभन्दा माथिको अवधिका लागि पनि ८५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ ।