आहारारा गोल्डकपको २३औं संस्करण आजदेखि सुरु 

पोखरा - मोफसलकै चर्चित ‘आहारारा पोखरा’ गोल्डकपको २३ औं संस्करण आजदेखि सुरु हुँदैछ । पोखरा रंगशालास्थित फुटबल मैदानमा दिउँसो २ बजे हुने उद्घाटन खेलमा आयोजक सहारा र थ्रीस्टार क्लब भिड्दैछन् ।

२०५८ सालदेखि निरन्तर हुँदै आएको आहारारा पोखरा गोल्डकपमा हालसम्म थ्रीस्टारले ५ पटक र सहाराले एकपटक उपाधि जितेका छन् । जसमा आयोजक सहारा ३ पटकमात्रै फाइनल पुगेको छ भने थ्रीस्टार ६ पटक फाइनल पुगेको छ ।

आयोजक सहारा र थ्रीस्टार दुवै टिम २०६९ को ११औं आहारारा पोखरा गोल्डकपको फाइनलमा पुगेका थिए । त्यसबेला थ्रीस्टारले सहारालाई १(० ले हराएको थियो । त्यसअघि २०६३ को पाँचौं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा पनि दुवै टिम प्रतिस्पर्धा गरेका थिए । जसमा आयोजक सहारालाई थ्रीस्टारले ३–० ले पराजित गर्दै फाइनल यात्रा सुरक्षित गरेको थियो ।

 नकआउट आधारमा हुने प्रतियोगिताको समूह चरणमा दुवै टिम पहिलो पटक आमनेसामने हुँन लागेका हुन् । माघ २० गतेसम्म चल्ने प्रतियोगितामा एक विदेशीसहित १२ टिमले सहभागी जनाउँदैछन् ।