समृद्धिका लागि एमालेको संकल्प यात्रा, दार्चुलाको झुलाघाटमा ओलीले उद्घाटन गर्ने

काठमाडौँ - प्रमुख प्रतिपक्षी नेकपा एमालेले मुलुकमा देखिएको अराजक क्रियाकलापलाई गठबन्धन सरकारले नै बढावा दिइरहेको भन्दै आपत्ति जनाएको छ ।

बुधबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले मुलुकको परितर्वनलाई चूनौती दिने र जातीय र धार्मिक सहिष्णुतामा खलल पार्ने जस्ता अराजक क्रियाकलापलाई नियन्त्रण गर्नुको साटो गठबन्धन सरकारले बढावा दिइरहेको भन्दै आपत्ति जनाएको हो ।

बैठकले लोकतान्त्रिक गणतन्त्रकाविरूद्ध भइरहेका अराजक क्रियाकलापहरूको निन्दा गर्दै लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि दृढ सङ्कल्प गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । त्यस्तै बैठकले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि राहत वितरणलाई राजनीतिक प्रचारबाजी नाफाघाटाको सौदाबाजीको विषय बनाइएको भन्दै आपत्ति प्रकट गरेको छ ।