पोखरामा होटलमा अचेत भेटिएकी महिलाको मृत्यु, ६ जना पक्राउ

 पोखरा - पोखराको नागढुंगास्थित एक होटलमा मंगलबार अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यु भएको छ । तनहुँ भिमादकी ३८ वर्षीया सुकु विक नागढुंगास्थित युनिक होटलमा मंगलबार साँझ करिब ७ बजेको अचेत भेटिएकी थिइन् ।

प्रहरी स्रोतका अनुसार २ वर्षदेखि सोही ठाउँकै शिला रेस्टुरेन्टमा काम गर्दै आएकी विकको अचेत अवस्थामा होटलबाट उद्धार गरेर चरक मेमोरियल अस्पतालमा उपचारका लागि लगिएको थियो । तर, उपचारकै क्रममा साँझ करिब साढे ७ बजे मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकका अनुसार प्रारम्भिक अनुसन्धानमा घटना शंकास्पद रहेको खुलेको छ । ‘घटना अलि शंकास्पद छ । हामीले अनुसन्धान गरिरहेका छौं । अहिलेलाई यति नै भनौं’, उनले भने ।