सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुन तोलको  १ हजार ७ सय रुपैयाँले बढेको छ। र, भाउ रेकर्ड बिन्दुमा पुगेको छ। 

शुक्रबार प्रतितोला १५ सय रुपैयाँले बढेको सुनको भाउ आज पुनः १७०० सय रुपैयाँले बढेको हो। आइतबार छापावाला सुन १ लाख ५८ हजार ८०० रुपैयाँमा करोबार भइरहेको छ। यो हालसम्म कै उच्च हो। यसअघि भदौ ३१ गते १ लाख ५७ हजार ३०० रुपैयाँ पुगेर सुनको भाउले रेकर्ड कायम गरेको थियो।

भदौ महिनामा ६ वटा रेकर्ड सुनको भाउले असोजमा भने पहिलो रेकर्ड बनाएका हो। नेपाली बजारमा भदौ महिनामा एक लाख ५३ हजार १००, एक लाख ५३ हजार २००, एक लाख ५३ हजार ४००, एक लाख ५६ हजार ३००, एक लाख ५६ हजार ८०० र आज एक लाख ५७ हजार ३०० रुपैयाँ गरेर ६ वटा रेकर्ड बनेका थिए।

अमेरिकी फेडरल रिजर्भ (फेड) ले चार वर्षभन्दा बढी अवधिपछि पहिलो पटक ब्याजदर कटौती गरेकोले सुनको भाउमा वृद्धि भएको व्यवसायीहरु बताउँछन्।

अन्तर्राष्ट्रिय बजारमा देखिएको द्वन्द्वको प्रभाव, कच्चा तेलको मुल्यमा भएको वृद्धि, डलरको विनिमय दरमा देखिएको स्थिरता लगायत अन्य कारण देखिरहेकै अवस्थामा फेडको संकेतले झनै बढावा दिएको बताइन्छ। 

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी १ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी १ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ।