कांग्रेसले बोलायो संसदीय दलको बैठक

 काठमाडौँ - नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।

काँग्रेसले यही असोज ८ र ९ गतेका लागि बैठक बोलाएको हो । प्रतिनिधि सभामा दर्ता भएको शिक्षा विधेयकबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।

बैठकमा अन्य समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ ।