टिकटकमा लगाइएको प्रतिबन्ध हटाउने तयारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिबन्ध हटाउने तयारी गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत प्रस्ताव लगेर मन्त्रिपरिषद्को बैठकबाट टिकटकमाथिको प्रतिबन्ध हटाइने बताइएको छ ।

सञ्चार मन्त्रालय स्रोतले टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी भएको बताएको छ । आज मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गएको कात्तिक २७ गतेदेखि टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।