नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ

काठमाडौँ - नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज पद तथा गोपनियताको शपथ लिएका छन् ।

शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले  श्रेष्ठलाई पद तथा गोपनियताको शपथ दिलाएका हुन् ।

नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा श्रेष्ठ सोमबार प्रधानन्यायाधीश पदमा नियुक्त भएका हुन्।