एजेन्सी - चीनको उत्तरपश्चिम क्षेत्रमा पर्ने निङ्गसियाको एक रेष्टुरेन्टमा गएराती भएको विस्फोटमा संलग्नताको आशंकामा ९ जना पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा बारबेक्यू रेष्टुरेन्टका मालिक पनि रहेका छन् । स्थानीय समय अनुसार बुधबार राति बारबेक्यू रेष्टुरेन्टमा भएको विस्फोटमा कम्तीमा ३१ जनाको मृत्यु भएको थियो । ग्यास ट्यांक विष्फोट भएको घटनामा सात जना गम्भीर घाइते भएका थिए ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भिर रहेको बताइएको छ । घाइतेहरुको उपचार भइरहेको छ । चीनमा तीन दिने ड्रयागन बोट फेस्टिभल विदाको पूर्वसन्ध्यामा विस्फोट भएको हो ।