हेर्नुहोस् आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । सोमबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको हो ।

आइतबार प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको हो । आइतबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भईरहेको थियो ।