गृहमन्त्रीविरुद्ध प्रदर्शन गर्ने कांग्रेसको निर्णय, भ्रातृ संगठनलाई सडकमा उतार्दै 

 काठमाडौँ - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहकारीपीडितको मुद्दा लिएर सडक संघर्षमा उत्रिने भएको छ । आज बसेको कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

सहकारी ठगीको आरोप लागेका गृहमन्त्रीमाथि संसदीय छानबिन माग गर्दै सदन अवरुद्ध गरेको नेपाली कांग्रेसले शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा आन्दोलन गर्ने निर्णय गरेको हो । कांग्रेसले आफ्नो निर्णयमा सहकारीका बचतकर्ताको बचत फिर्ता र ठगी संलग्नमाथि कारबाही माग गरेको छ । उसले नेपाली कांग्रेसमाथि सदनमा गृहमन्त्रीले लगाएको गम्भीर आरोपमाथि छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेको छ ।