पाइप वेल्डिङ गर्दा आगलागी भएपछि एकजनाको मृत्यु  

काठमाडौँ । काभ्रेको तेमालमा  खानेपानी योजनाको पाइप वेल्डिङ गर्ने क्रममा वेल्डिङ मेसिनमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । 

तेमाल गाउँपालिका ९ सिन्धुटारमा रहेको मुक्पाटार चोपाटार खानेपानी योजनाको पाइप वेल्डिङ गर्ने क्रममा आगोले जलेर मकवानपुर छतिवन गाउँपालिका ७ माईमाछा बस्ने ३२ वर्षीय रामकाजी क्षेत्रीको आइतबार दिउँसो मृत्यु भएको हो ।

जलेर गम्भीर घाइते भएका उनको मेथिनकोट अस्पताल भकुण्डे उपचारपछि बर्न अस्पताल कीर्तिपुर काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।