कतारका  राजालाई सरकारले उच्च प्रोटोकलको सुरक्षा दिने

काठमाडौँ - कतारका अमिर राजा शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा मंगलबार नेपाल आउँदै छन् । पहिलोपटक कतारका राजा नेपाल भ्रमणमा आउन लागेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको कतारी राजाको भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास लिइएको छ । पश्चिम एशियाको महत्त्वपूर्ण शक्तिराष्ट्रको प्रमुखको भ्रमणलाई महत्त्वका साथ हेरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भोलि ९मंगलबार० सार्वजनिक बिदा दिने निर्णय नै गरेको छ ।

थानीलाई सरकारले उच्च प्रोटोकलको सुरक्षा व्यवस्था गरेको छ । राष्ट्र प्रमुखहरूलाई दिँदै आइएको उच्च प्रोटोकलको सुरक्षा दिन लागिएको हो । दुई दिन उनी सोल्टी होटेलमै रहने कार्यक्रम छ । स्रोतका अनुसार राजा थानीलाई नेपाली सेनाले पहिलो घेरोको सुरक्षा दिने छ । सेनालाई सशस्त्र र नेपाल प्रहरीले सघाउने छन् ।