प्रतिपक्षले उठाएको विषयलाई सरकारले गम्भिररुपले ग्रहण गर्नुपर्छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षले उठाएको विषयलाई गम्भीररुपमा लिन अनुरोध गरेका छन् । उनले एमालेले गरेको एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

“संसद्लाई क्रियाशीलतापूर्वक काम गर्न दिइनुपर्छ । संसद्मा प्रतिपक्षले उठाएको मुद्दालाई सरकारले सकारात्मकरुपले ग्रहण गर्नुपर्छ,” उनले भने, “प्रतिपक्षले उठाएको विषयलाई गम्भीरतापूर्वक लिन अनुरोध छ ।”