बैतडीमा ट्र्याक्टरले किच्दा एक जनाको मृत्यु  

काठमाडौँ । ट्र्याक्टरले किच्दा बैतडीमा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलासैनी गाउँपालिका–¬१ का २५ वर्षीय नरेन्द्रपसाद भट्ट रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।

डिलासैनी ¬–१ ब्रमबाट सीमातर्फ गइरहेको सुपप्र ०१००२ त ४६८६ नं को ट्र्याक्टरले डिलासैनी–१ को वडा कार्यालय नजिकै वसन्तपुर तुफानडाँडा ब्रम भन्ने स्थानमा  भट्टलाई ट्र्याक्टरले किचेको हो ।

ट्र्याक्टरको ढालामा सवार नरेन्द्र एक्कासि खसेका र ट्र्याक्टरको पछाडिको टायरले किचेको प्रहरी निरीक्षक केसीले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।