पूर्वराष्ट्रपति भण्डारी भन्छिन्-'अब कम्युनिष्ट आन्दोलनको समीक्षा गरौं'

काठमाडौँ - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कम्युनिष्ट आन्दोलनमा देखिएको समस्याबारे समीक्षा आवश्यक भएको बताएकि छिन् । 

नेकपा एमालेको हीरक महोत्सवका अवसरमा आयोजित विशेष समारोहमा सोमबार सम्बोधन गर्दै उनले आन्दोलनमा देखिने फुट राजनीतिक कारणले हो कि पदीय आकांक्षाको कारणले भएको हो त्यसको समीक्षा गर्नुपर्ने औंल्याईन् ।