महिला न्यायाधीशहरूले सम्पादन गरेका मुद्दा बढी विवादरहीत : मन्त्री गिरी  

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पुरुषको तुलनामा महिला न्यायाधीशले सम्पादन गरेका मुद्दा बढी विवादरहीत रहेको बताएका छन् ।

शुक्रबारबाट ललितपुरमा सुरु भएको महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री गिरीले महिला न्यायाधीशहरूले गरेका न्याय सम्पादन न्यायको मर्मको गहिराइसम्म पुगेर न्याय दिनसक्ने ल्याकतसहितको हुने गरेको विगतबाट देखिएको बताए ।

अध्ययन समयदेखि नै महिलालाई न्यायको क्षेत्रमा लाग्नुपर्ने प्रेरणा दिन आवश्यक रहेकोमा उनको जोड छ । मन्त्री गिरीले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशहरूलाई निश्चित रूपमा कार्यान्वयन गर्न र कानुन निर्माणका लागि सरकारले प्राथमिकता दिएर काम गरिरहेको बताए ।