अर्थतन्त्र थप चलायमान बनाउने बिषयमा प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै

काठमाडौँ - मुलुकको अर्थतन्त्र थप चलायमान बनाउने उपाय खोजीका लागि सरकारले आज निजी क्षेत्रसँग सुझाव लिँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उद्योगी, व्यवसायीहरूको चिन्ताको विषयमा प्रधानमन्त्रीले उनीहरूलाई आश्वस्त पार्ने प्रयास गर्ने बताइएको छ । क्षेत्रगत छलफलपछि प्रधानमन्त्रीले सत्ता साझेदार दल र विपक्षी दलहरूसँग पनि छलफल गर्ने तयारी गरेका छन् । 

देशको आर्थिक अवस्था नसुर्धेपछि तनावमा परेका प्रधानमन्त्री दाहालले यो संकटबाट पार पाउन निरन्तर छलफल चलाइरहेका छन् । उनले सोमबार विभिन्न विषयगत मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायत निकायसँग छलफल गरेका थिए ।