त्रिकोणात्मक सिरिज : नेपाल र हङकङ भिड्दै

काठमाडौं - त्रिकोणात्मक टी-२० सिरिजमा आज शनिबार घरेलु टोली नेपाल र हङकङ भिड्दै छन् ।

खेल बिहान ११ बजेदेखि मुलपानी मैदानमा सुरु हुनेछ ।

यसअघिका दुई खेल जित्दै सानदार सुरुआत गरेको घरेलु टोली नेपाल आजको खेल जित्दै फाइनलमा पुग्ने योजनामा छ ।