राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठक आज पनि बस्दै

 काठमाडौं - संसदको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठक सोमबार पनि बस्दै छ ।

आइतबारको बैठक सहमति नजुटेपछि आज अपराह्न चार बजे फेरि बैठक बस्न लागेको हो । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्ने छ ।