प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको आज संसदीय सुनवाइ हुने 

काठमाडौँ - सदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको आज संसदीय सुनुवाइ गर्ने भएको छ।
उजुरीको समयसीमा समाप्त भएपछि आइतबार बसेको समिति बैठकले सुनुवाइको निर्णय गरेको हो। सुनुवाइअघि सोमबार नै एक जना उजुरीकर्तासँग समितिले छलफल गर्ने छ ।

उनीविरुद्ध इमेलबाट दुई र सचिवालयमा दर्ता भएको एउटा उजुरी परेको छ। विषयवस्तुका आधारमा एक जनासँग समितिले छलफल गर्न लागेको हो। कार्यसम्पादन र मुद्दाको विषयमा रहेको उजुरीमा समितिले उजुरीकर्तासँग छलफल गर्ने निर्णय गरेको छ।