बंगलादेशमा अध्ययनरत विद्यार्थीलाई नेपाल ल्याइँदै

काठमाडौँ - बंगलादेशमा अध्ययनरत विद्यार्थीलाई नेपाल ल्याइँदै छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाका अनुसार त्यहाँ अध्ययनरत करिब ८०० विद्यार्थीलाई हवाई वा स्थलमार्ग हुँदै नेपाल ल्याइन लागेको हो ।

ढाकास्थित नेपाली दूतावासले विद्यार्थीहरूलाई बंगलादेशका विभिन्न स्थानहरूबाट ढाका विमानस्थललगायत अन्य सीमा नाकाहरूमा सुरक्षित यात्राको लागि समन्वय गरिरहेको छ ।

ूहामीले बंगलादेशका विश्वविद्यालयहरू, सम्बन्धित निकायहरू र कानुन प्रवर्तन एजेन्सीहरूसँग नजिकबाट समन्वय गर्दै आएका छौँ,ू परराष्टमन्त्री राणाले भनिन् । मन्त्रालयले बंगलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थीको सहयोगका निम्ति ‘हेल्प डेस्क’ समेत स्थापना गरेको छ ।