उपसभामुखको कार्यालय कन्सल्टेन्सी हुन लागेको हो : सांसद खतिवडा

काठमाडौँ  नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले उपसभामसखको कार्यकक्षलाई कन्सल्टेन्सी  नबनाउन चेतावनी दिएका छन् ।

आज आइतबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै उनले उपसभामुख इन्दिरा राना मगरलाई संसद बाहिर बसेर छानबिनमा सघाउन भनेका छन् ।

“संसद्भन्दा बाहिर बसेर छानबिनमा सहयोग गर्नुस्,” उनले भने । संसद्सँग साइनो नै नभएका व्यक्तिलाई सिफारिस गरिएको भन्दै खतिवडाले उपसभामुखको कक्ष कन्सल्टेन्सी नबनाउन चेतावनी दिए ।, “यो कन्सल्टेन्सी नबनाइयोस्,” उनले भने ।

“सूचना बेच्ने त देखिनँ । मान्छे बेच्ने यतै कतै छ कि छानबिन गर्नुपर्छ । उहाँको इज्जतका लागि संसद्को बाटोबाट टाप कस्न बेस हुन्छ,” खतिवडाले भने ।