कांग्रेसीहरु पढ्दै पढ्दैनन् भन्ने भाष्य चिर्न आवश्यक छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले कांग्रेसीहरु पढ्दै  पढ्दैनन् भन्ने भाष्य चिर्न जरुरीर रहेको बताएका छन् ।

आइतबार २४ औँबिपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस केन्द्रीय पुस्तकालय शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेसीहरुले अध्ययन गर्ने बानी बसाल्ने विश्वास व्यक्त गरे।

उनले विश्वेश्वरप्रसाद कोईराला राजनीतिदेखि साहित्य लगायतका हरेक कुरामा सक्षम रहेको बताए । सभापति देउवाले पुस्तकालयमा सबैले पढ्ने सहज वातावरण बनाउन आग्रह गरे।