देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान यो सरकार बनेको हो : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको बताएका छन् ।

आज (आइतबार) प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले  अहिलेको सरकारले जनतामा आशा जगाउन र आशाको सञ्चार गर्ने जिकिर गरे ।

‘विकास निर्माणका काम अलपत्र छन्, भ्रष्टाचारले सीमा नाघेको छ, विमानस्थलमा विदेश जान लामबद्ध विद्यार्थी छन्। सबभन्दा डरलाग्दो कुरा देशप्रति आमजनताको भरोसा टुटेको छ। मनोबल नराम्रेसँग गिरेको छ’, उनले भने, ‘यो गहिरो  निराशा हटाउन, जनतामा आशा र उत्साह सञ्चार गर्न र देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको हो।’