अमेरिकी डलरको मूल्य बढ्यो, पाउन्डको घट्यो, अरु विदेशी मुद्राको के भयो ? 

काठमाण्डौँ - नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । 
आज अमेरिकी, युरो, अस्ट्रेलियन डलर, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढ्दा पाउन्डसहित केही विदेशी मुद्राको मूल्य भने घटेको छ । 

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १३४ रुपैयाँ १५ पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८४ पैसा थियो । त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ २८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४३ रुपैयाँ २३ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८८ पैसा थियो ।  

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७० रुपैयाँ २४ पैसा निर्धारण भएको छ । हिजो पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७० रुपैयाँ ३७ पैसा थियो । 


त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ १२ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५२ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ८९ रुपैयाँ २८ पैसा थियो ।  आजको लागि कुवेती दिनार १ को खरिददर ४३५ रुपैयाँ ५६  पैसा र बिक्रीदर ४३७ रुपैयाँ ५१ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ६१ पैसा थियो । 

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ २९ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ५० पैसा र बिक्रीदर ३५५ रुपैयाँ ०९ पैसा थियो ।