छानबिन समितिको कार्यादेश टुंगो लगाउन बसेको बैठक निष्कर्षविहीन

काठमाडौं - सहकारी ठगी प्रकरण छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन जारी कार्यदलको बैठक सकिएको छ ।

मंगलबार बिहान बसेको कार्यदलको बैठक कार्यादेश टुंगाउने विषयमा सकारात्मक छलफल भएको रास्वपाका सांसद शिशिर खनालले जानकारी दिए । 
आजको बैठकमा भएको छलफल पछि सबै आ(आफ्नो दलमा छलफल गरेर फेरी अर्को बैठक आजै दिउसो बस्ने रास्वपा नेता खनालले जानकारी दिएका छन् ।