'अहिले सरकार छोड्ने निर्णयमा हामी छैनौँ' : राजेन्द्र पाण्डे

 काठमाडौँ - नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले आफूहरुले सरकार छोड्ने निर्णय नगरेकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताएका छन् । सांसद पाण्डेले एकीकृत समाजवादीले सरकार छोड्ने निर्णय नगरेकाले विश्वासको मत दिएको बताएका हुन् ।

उनले अर्को निर्णय नभएसम्म पार्टी सरकारमा बस्ने बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिइहाल्नुपर्ने स्थिति नआएको भन्दै किन विश्वासको मत लिनुभयो भन्ने आफूले बुझ्न नसकेको बताए । 

उनले प्रधानमन्त्रीले विश्वासको मत पाएपनि प्रतिपक्ष दलहरुको नाराबाजीका कारण नमज्जाको वातावरण बनेको बताए ।