जेठ २२ गतेदेखि हकप्रद सेयर निष्कासन गर्दै हिमाल दोलखा हाइड्रोपावर

काठमाण्डौं - जेठ २२ गतेदेखि हिमाल दोलखा हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । 
कम्पनीले हाल कायम चुक्ता पुँजीको ७५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्नेछ । हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.७५ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यको १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट रहेको छ। 
लगानीकर्ताले लक्ष्मी क्यापिटल, हिमालयन दोलखा हाइड्रोपावर तथा लक्ष्मी बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन ।