सरकारको नीति तथा कार्यक्रममाथि जेठ ११ गतेदेखि छलफल हुने

काठमाडौँ - आगामी आर्थिक वर्ष २०८१र८२ का लागि सरकारले संसद्‍मा पेश गरेको नीति तथा कार्यक्रममाथि आगामी जेठ ११ गतेदेखि दफावार छलफल हुने भएको छ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षीको विरोधाकाबिच सरकारले राष्ट्रपतिले गत जेठ १ गते संघीय संसद्को संयुक्त बैठकमा पेश भएको नीति तथा कार्यक्रमको सम्बोधन पारित गरेको छ । 

राष्ट्रपति पौडेलद्वारा पेश भएको उक्त नीति तथा कार्यक्रम जेठ ११ गतेदेखि छलफलका लागि कार्यसूचीमा राखिएको सभामुख देवराज घिमिरेले सभालाई जानकारी दिए । छलफलका लागि विचार राख्न चाहने सांसदहरूले पार्टीगत प्रतिनिधित्व गर्दै बोल्न नाम टिपाउन समेत आग्रह गरेका छन् ।