८ सयले बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोवार ? 

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको हो ।

शुक्रबार प्रति तोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुनको मूल्य आज ८ सयले बढेर प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले बढेको छ । शुक्रबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भईरहेको थियो ।