'कांंग्रेस अब सम्हालिनु पर्छ' : अध्यक्ष ओली

मोरङ - सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस एकछिन सरकारमा नहुँदा पानीबाट निकालेको बगरको माछा जस्तो छटपटाएको टिप्पणी गरेका छन् । मोरङको विराटनगर विमानस्थलमा कुराकानी गर्दै अध्यक्ष ओलीले कांग्रेस एकछिन सत्तामा नहुँदा छट्पटिएर पानीबाट निकालेको बगरको माछा जस्तो फट्याकफट्याक गरेको टिप्पणी गरेका हुन् ।

‘बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा एकछिन सत्तामा नहुँदा छट्पटिनु र पानीबाट निकालेको बगरको माछा जस्तो फट्याक फट्याक गरेको छ,’ उनले भने, ‘माछाले त गाली, बेइज्जती गर्न जान्दैन । कांग्रेसले त यता भेटे यतै टोक्छ, उता भेट्यो उतै टोक्छ । जता फर्कियो जसलाई देख्यो त्यसैलाई टोक्छ ।’ सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समिति बनाउन जेठ ५ गते भएको सहमतिअनुसार कार्यादेश टीओआर बने मात्रै काम अगाडि बढ्ने उनले बताए । नेपाली कांग्रेसले सहमति तोडेको उनले आरोप लगाए ।